विजय दर्नाल अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघबाट निष्काशित(विज्ञप्तिसहित)

विजय दर्नाल अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघबाट निष्काशित(विज्ञप्तिसहित)

  • शुक्रबार, जेष्ठ ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौं, ३१ जेठ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले महासंघको केन्द्रीय उपाध्यक्ष एवं पूर्वी कमाण्ड इन्चार्ज विजय दर्नाल (सर्वश्रेष्ठ)लाई निश्कासन गरेको छ ।

महासंघका अध्यक्ष अमर झाक्रिले आज विज्ञप्ति जारी गरी नीति विपरीत गई वर्गसंघर्षको बाटो त्यागी वर्गसमन्वयको बाटो रोजेकोले दर्नाललाई आजैका मितिबाट महासंघको साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरिएको जानकारी दिएका छन् ।

हजारौं मजदुरहरुको न्यायको निम्ति क्रियाशील संगठनको थप जिम्मेवारी बढेको बेला दर्नाल विरोधिको क्याम्पमा लम्पसारा परेको जनाउदैँ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र र श्रमिक जनताप्रति गद्दारी गर्दै संगठन परित्याग गरी विरोधीको क्याम्पमा लम्पसार पर्दै गैर जिम्मेवार हर्कत देखाएको हुँदा दर्नालको उग्र क्रान्तिकारी चरित्रको पर्दाफास भएको छ ।’

वर्तमान सरकारद्धारा श्रम ऐन कानुन विपरीत श्रम शक्तिमाथि वेलगाम अन्याय अत्याचार श्रमिक जनताको श्रम शोषण गर्ने कार्य भईरहेको अध्यक्ष झाक्रिले क्रान्तिकारी मजदुर आन्दोलनलाई थप सशक्त बनाउन अनिवार्य जस्तै बन्न पुगेको जनाएका छन् ।

श्रमिक वर्गको आशा र भरोसा बन्न सफल संगठनले दलाल संसदीय व्यवस्थाको विरुद्ध आम शोषित पीडित नेपाली श्रमिक वर्गलाई गोलवन्द गर्ने कार्यले दलालहरुको निद हराम तुल्याएको छ ।, विज्ञप्तिमा भनिएको छ ।

[gview file=”https://mirmireonline.com/wp-content/uploads/2019/06/press_bijaya-darnal_2076-02-31.pdf”]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ