शताब्दी पुरुष सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन गरिने

शताब्दी पुरुष सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन गरिने

  • शुक्रबार, जेष्ठ ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

अनक मिडिया, नेवाः एफएमको आयोजनामा किर्तिपुरका जनसमुदायको तर्फबाट शनिबार शताब्दी पुरुष सत्यमोहन जोशीलाई भव्यरुपमा नागरिक अभिनन्दन गरिने भएको छ ।

अनक मिडिया, नेवाः एफएमको आयोजनामा हुनलागेको शताब्दी पुरुष नागरिक अभिनन्दन गुथि विधेयक विरुद्धको आन्दोलनको अर्को स्वरुपमा बात बढाउन सकिने भन्दै नागरिक अभिनन्दनलाई प्रचारात्मक कार्येक्रमको रुपमा हुने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा अनक मिडियाका प्रमुख श्रीराम महर्जन, म्यानेजिङ्ग डिरेक्टरका साथै नेवाः एफएमका प्रमुख नविन महर्जन, नेवाः एफएमका स्टेशन म्यानेजर श्रीकृष्ण महर्जन र किपू नगरपालिका ९ वडाका वडाध्यक्ष गंगाराम महर्जनले शताब्दी पुरुष सत्यमोहन जोशीलाई किर्तिपुर वासीले छुट्टै नागरिक अभिनन्दन गर्नुपर्ने विविध कारण बारे बताउनु भयो ।

वाङमय शताब्दी पुरुष जोशीलाई बिहान ८ बजे बाघभैरव ब्यांक्वेटमा बृहत रुपमा नागरिक अभिनन्दन गरिने भएको छ । किर्तिपुरका स्थानीय बाँसुरी खलः, धाःबाजा खलःका साथै जागरुक महिला समूह( मिसा पुचः),आमा समूह ( मां पुचः) विभिन्न सामाजिक संघसंस्था बाट संयुक्त रुपमा सत्यमोहन सम्मान समिति ११३९ ( सत्यमोहन हना खलः ११३९ )को घोषणा गरि वाङमय् शताब्दी पुरुष जोशीलाई नागरिक सम्मान गरिन लागिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ