चितवन, जेठ ३१ ।
पूर्वशिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन भएको छ । आफ्नै निवास चितवनको माडी नगरपालिका–३ वसन्तपुर रमाइलो डाँडामा रहेका बेला उहाँलाई हृदयघात भएको थियो ।
आज बिहान पौने ७ बजे हृदयघात भएपछि स्थानीय बगौडा अस्पतालमा लैजाँदै गर्दा उहाँको करिब ७ बजे बाटोमै निधन भएको नेकपा प्रदेश ३ का सदस्य ओमनाथ पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार पौडेलको पार्थिव शरीर अहिले वसन्तपुरको चौरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।
नेकपाका केन्द्रीय प्रतिनिधि टोली माडी आउँदै गरेको जनाइएको छ । परिवारको सल्लाह अनुसार दिनैभरी पौडेलको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने तयारी भएको छ । अन्तिम संस्कार कहिले गर्ने भन्नेबारे निर्णय भइनसकेको जनाइएको छ ।
पौडेल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुनुहुन्छ । २०२३ साल कात्तिक ४ मा जन्मिएका पौडेलका श्रीमती, बुबा–आमा र २ छोरी छन् ।
धनिराम पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय थिए । मोहनबिक्रम सिंह र निर्मल लामाहरुले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन) को बिद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति सुरु गरेका उनी २०३९मा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, २०४१ मा केन्द्रीय सदस्य हुँदै २०५१ मा तात्कालिन नेकपा ९एकताकेन्द्र० विभाजन पछि अनेरास्ववियु ९क्रान्तिकारी०को केन्द्रीय संयोजक समेत चुनिएका थिए ।
२०४२ सालमा नेकपा (चौमं को सदस्यता लिएका उनी २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्य भए । २०४७ सालमा माडीको सितलपुरमा भएको एकता महाधिवेशनका प्रतिनिधि समेत रहेका उनी अखिल नेपाल जनवादी युवा लिगका संस्थापक केन्द्रीय सदस्य समेत थिए । २०५१ को पार्टी विभाजन पछि निर्मल लामा र नारायणकाजी श्रेष्ठलाई साथ दिएका उनी त्यसयता लगातार पार्टीको केन्द्रीय समितिमा रहँदै आएका थिए । बिगतमा लामो समय उनले पार्टीको बैचारिक मुखपत्र जनएकता साप्ताहिकको सम्पादक भई पत्रकारिता समेत गरेका थिए ।
तात्कालिन नेकपा ९एकताकेन्द्र मसाल० र तात्कालिन नेकपा ९माओवादी०सँग एकीकरण भएपछि बनेको एकीकृत नेकपा ९माओवादी०को केन्द्रीय सदस्य भएर र पछि पोलिट्व्युरो सदस्य भएर निरन्तर क्रियाशिल रहेका उनले पार्टी संगठनमा पुर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव संगाल्दै दोस्रो संविधानसभामा सभासद र शिक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक पुरा गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयवाट स्नातक, शहीद स्मृति क्याम्पस चितवनवाट आईए र माडी माविवाट एसएलसी गरेका स्व। पौडेलका दुई छोरी छन् ।