धनुषाधाम नगरपालीकामा भएको विस्फोटको जिम्मा नेकपाको जनपरिषद्ले लियो, यस्ता छन् कार्वाहि गर्नुका कारणहरु(विज्ञप्तिसहित)

धनुषाधाम नगरपालीकामा भएको विस्फोटको जिम्मा नेकपाको जनपरिषद्ले लियो, यस्ता छन् कार्वाहि गर्नुका कारणहरु(विज्ञप्तिसहित)

  • बिहिबार, जेष्ठ ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 25K
    SHARES

जनकपुर, ३० जेठ ।
नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद् नेपालले धनुषाधाम नगरपालिकामाथि कारबाही गरिएको जनाएको छ ।
बुधवार राति धनुषाधाम नगरपालिकामा भएको विस्फोटको जिम्मा लिदैँ जनपरिषद् नेपाल धनुषाले भ्रष्टाचार, भूमाफियासँगको साठगाठ लगायतका कारण उक्त कार्वाहि गरेको जनाएको हो ।
जनपरिषद(जनसरकार) धनुषाका प्रमुख मनोजले बिहिवार विज्ञप्ति जारी गरी व्यापक मात्रामा भ्रष्टचार गरेको, जनयुद्धकालमा कब्जा गरिएका जमिनहरु दलालहरुमार्फत् बिक्रीवितरण गर्न सहयोग गरेको, स्थानीय जनतामाथि अन्यायपूर्ण कर थोपरेको, नगरपालिकाको सानोसानो काममा पनि जनसमुदायबाट घूस खाने गरेको पाइएकाले कारबाही गरिएको जनाएका छन् ।
विकास निर्माणका काममा कमसल काम गरेर किर्ते कागज बनाई बजेट फरफारक गर्ने गरेको र्नुका साथै स्थानीय जनतासँग कुनै सरोकार नराखी एकलौटी र मनोमानी ढंगबाट काम गर्ने र सार्वजनिक सम्पत्ति हिनामिना गरेको आदि कारणले धनुषाधाम नगरपालिकामाथि कारबाही गरिएको विज्ञप्तिमा भनिएको छ ।
धनुषाधाममा भएको विस्फोटका कारण नगरपालिकाको वडा नम्बर ३ स्थित पुरानो धर्मशाला पूर्वपट्टी रहेको सभाहलको पर्खालमा क्षति पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ