सिन्धुपाल्चोक पुगेर प्रचण्डले भने –भूकम्पको बेला गाउँमा पीडा देखेको थिए, अहिले उमङ्ग भेटे

सिन्धुपाल्चोक पुगेर प्रचण्डले भने –भूकम्पको बेला गाउँमा पीडा देखेको थिए, अहिले उमङ्ग भेटे

  • बिहिबार, जेष्ठ ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

सिन्धुपाल्चोक, ३० जेठ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुस्पकमल दाहालले विनासकारी भूकम्पमा नेपालका राजनीतिक दलहरु बीच पैदा गरेको एकता अहिलेपनि आवश्य रहेको बताएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–६ माङ्खामा बिहिवार आयोजित श्री कूपकन्या माध्यमिक विद्यालयको नवनिर्मित भवन समुद्घाटन गर्दै अध्यक्ष दाहालले सो बेलाको एकताले संविधान बनेको चर्चा गरे ।

दाहालले भने, ‘भूकम्पले नेताहरुको अहंकार तोड्यो र सबै जनताको सेवामा एकजुट भए । सोही एकताका कारण संविधान निर्माण सम्पन्न भयो ।’

नकारात्मक कुरालाई सकारात्मक कुरामा रुपान्तरण गर्न सकिने यो एक उदाहरण भएको उनको भनाई थियो । ‘समृद्धिका लागि हामीले छिमेकी र अन्तराष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्धको वातावरण बनाएर नेपाललाई नयाँ युग तिर लैजानुपर्ने आवश्यकता छ । त्यो कामको सुरुवात भई नै सकेको छ ।’ दाहालले भने ।

भूकम्पको समयमा आउँदा गाउँमा पीडा देखेको स्मरण गर्दै उनले अहिले सबैमा प्रसन्नता, जोस र उमङ्ग आफूले पाएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ