भक्तपुर, जेठ ३० ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले मिडिया विधेयकविरुद्धको आन्दोलन असफल भए मिडिया धरासायी हुने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको सञ्चार स्वनियमन विषयक अन्तर्क्िरयामा महासचिव बिष्टले समाचार लेखेकै भरमा पत्रकाकारले भोग्नु पर्ने आर्थिक र जेल सजायको व्यवस्थासहित सरकारले ल्याएको विधेयकले पूर्णता पाए नेपालमा सञ्चार जगतको अस्तित्व नै समाप्त हुने बताउनु भएको हो ।
सरकारले कुत्सित मानसिकताका साथ ल्याएको विधेयकले सरकारको प्रशंसामा मात्र पत्रकारलाई सीमित राख्ने जिकिर गर्दै उहाँले आलोचना गर्नेहरुका लागि जेल र आर्थिक सजायको सदा खतरा रहने बताउनुभयो ।
पत्रकार जगतमा देखा परेको गलत प्रकृतिलाई नियन्त्रण गर्दै शुद्धिकरण गर्न पत्रकार महासंघ लागि परेको भन्दै उहाँले हाल विधेयकका विरुद्धमा महासंघ लागेकाले न्यूनतमा पारिश्रमिकको बिषय केही समय ओझलमा परेको बताउनुभयो ।
उहाँले पत्रकारहरुको जारी अन्दोलन स्वतन्त्र पत्रकारिता र अभिब्यक्ति स्वतन्त्रताको पक्षमा भएको प्रष्ट पार्नुभयो । यस्तै सोही कार्यक्रममा महासंघका कोषाध्यक्ष राजेश मिश्रले पत्रकारहरुले स्वनियमन गर्दै पत्रकारिताको धर्म निर्वाह गर्नुपर्नेमा जोड दिँदै १०० बुँदे स्वनियमन कार्यतालिकाबारे जानकारी दिनुभयो ।