स्याटेलाइट खरिद सम्झौता अनिश्चित

स्याटेलाइट खरिद सम्झौता अनिश्चित

  • बिहिबार, जेष्ठ ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, ३० जेठ ।

नेपाल र फ्रान्सबीच आज हुने भनिएको स्याटेलाइट खरिद सम्झौता अन्तिम समयसम्म आएर अनिश्चित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली फ्रान्स पुगिसकेकाले स्टाटेलाइट र सुरक्षण मुद्रण दुबैमा लगानी सुनिश्चितता गर्ने सैद्धान्तिक सहमति हुन सक्ने मन्त्रालय स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओली अहिले फ्रान्समा हुनुन्छ । प्रधानमन्त्री फ्रान्स गएका बेला स्याटेलाइट र सुरक्षण मुद्रण (प्रिन्टिङ प्रेस) खरीदका लागि औपचारिक सहमति नै हुने यसअघि बताइएको थियो । मन्त्रालयअनुसार स्टाटेलाइट खरीद सम्झौताका लागि लगभग ९० प्रतिशत गृहकार्य सकिएको छ । तर, बीचमा ‘लाओस फ्क्याटर’ आएपछि केही अन्योल भएको हो ।

नेपालले अन्तरीक्षमा प्राप्त गर्ने स्लट नजिकै लाओसले आफ्नो व्यवसायिक स्लट दाबी गरेको छ । यस विषयमा नेपाललाई चार वर्ष अगाडि नै लाओसले पत्र पठाएको भए पनि नेपालले कुनै जवाफ दिएको थिएन ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू) ले नेपाललाई दिएको अर्बिटल स्लट १२३.३ डिग्री देशान्तरमा रहेको छ । यसलाई नेसनल स्लट भनिन्छ । लाओसले चाहिँ १२५ डिग्री देशान्तरमा आफ्नो कमर्सियल स्लट दाबी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ