काठमाडौं,२९ जेठ ।
लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले आयोगले संविधान सम्वत रुपमा विज्ञापन गरेको जिकिर गर्नुभएको छ ।
विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनबारे आयोगको पूर्ण बैठक बसेरमात्रै निर्णय गरिने उहाको भनाई छ । उहाले आयोग स्वच्छ निकाय भएकोले कानून र संविधानको पूर्ण पालना गर्ने विश्वास दिलाउनु भएको छ ।
आयोगले समितिको निर्देशन तथा निर्णयलाई सम्मान गर्ने तर आयोग उम्मेद्धवारप्रति पनि उतिकै उत्तरदायी र जिम्मेवार रहेको बताउनु भयो । प्रवतmा शर्माले आयोगको पूर्ण पदाधिकारीको बैठक नबसुञ्जेल आवेदन प्रक्रिया नरोकिने पनि स्पष्ट पार्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline