शैक्षिक हड्तालसहितको चरणबद्ध संघषको घोषणा गर्दै अखिल(क्रान्तिकारी)का अध्यक्ष ढकालले भने– दमनका अगाडि झुक्दैनौँ

शैक्षिक हड्तालसहितको चरणबद्ध संघषको घोषणा गर्दै अखिल(क्रान्तिकारी)का अध्यक्ष ढकालले भने– दमनका अगाडि झुक्दैनौँ

  • मङ्लबार, जेष्ठ २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

काठमाडौं, २८ जेठ ।
नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तारी विरुद्ध शैक्षिक हड्तालसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।
संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले विज्ञप्ति जारी गरी असार ६ गते आम शैक्षिक हड्तालसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् ।
घोषित संघर्षका कार्यक्रमहरुमा जेठ ३० र ३१ गते देशव्यापी स्कूल, क्याम्पस र विश्वविद्यालयहरुमा विरोध कार्यक्रम, अन्तरक्रिया, विरोध व्यानर, पर्चा वितरण, भण्डाफोर, राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी, हस्ताक्षर संकलन र कोणसभा गर्ने असार १, २ र ३ गते जुलुस प्रदर्शन, असार ४ गते देशव्यापी क्याम्पसहरु अगाडि बिहान ९ देखि १० बजेसम्म १ घण्टा चक्काजाम, असार ५ गते देशव्यापी मसाल जुलुस र ६ गते गैह्रन्यायीक गिरफ्तारी गरिएका स्थानहरु उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल गर्ने रहेका छन् ।
साथै गिरफ्तार परेकाहरुलाई रिहा नगरिए असार ७ गतेपछि दोस्रो चरणका संघर्षका कार्यक्रहहरु घोषणा पनि अध्यक्ष ढकालले जनाएका छन् ।
संगठने न्यायपूर्ण आन्दोलनका कार्यक्रमहरु सफल पार्न सहयोग गर्न सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशिल जनसमुदायहरु र आम युवा विद्यार्थीहरुलाई आग्रह समेत गरेको छ ।
देशैभरीबाट गैह्रन्यायीक गिरफ्तार गरिनु भएका हाम्रो संगठनका सबै नेताकार्यकर्तालाई २४ घण्टाभित्र विनाशर्त रिहा गर्न माग गर्दै अध्यक्ष ढकालले आफ्नो जनविरोधी र कुरुप चरित्र ढाकछोप गर्न वर्तमान सरकारले क्रान्तिकारी विद्यार्थीहरुको न्यायपूर्ण आन्दोलनलाई जेल, नेल र बन्दुकको साहाराले दबाउने फासिवादी हर्कत पद्रर्शन गरिरहेको बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘केपी–पिके कम्पनीको सरकार र रामबहादुर गृह प्रशासन बनेदेखि नै यसले हाम्रो संगठनमाथि निरन्तर रुपमा दमन, गिरफ्तारी, झुठामुद्दा र राज्य आतांकका श्रृखंलाहरु नै चलाईरहेको छ ।’
संगठनका सचिवालय सदस्य तथा भेरी ब्युरो संयोजक पुष्प न्यौपाने, गण्डक ब्युरो संयोजक मिलन राई, केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष मदन चन्द, केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला अध्यक्ष प्रेम शाही, केन्द्रीय सदस्य तथा धादिङ जिल्ला अध्यक्ष अटल पाण्डे, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, कैलाली जिल्ला अध्यक्ष बबरजंगसिंह, पृथ्वीनारायण क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला, पर्सा जिल्ला अध्यक्ष राधेश्याम साह, बारा जिल्ला अध्यक्ष भुपती साह, मुगु जिल्ला संयोजक नरसुर बुमी, पिएन जिल्ला उपाध्यक्ष आस्था नेपालीलगायत देशैभरिबाट दर्जनौं बिद्यार्थी नेताकार्यकर्तालाई राजनैतिक आस्थाको आधारमा गैह्रन्यायीक रुपमा गिरफ्तार गरिएको पनि ढकालले जनाएका छन् ।
अखिल (क्रान्तिकारी)ले गिरफ्तार विद्यार्थी नेता कार्यकर्तालाई झुठा मुद्दाहरुमा फँसाई हिरासत र जेलमा अमानविय तरिकाले राखिएको भन्दै ंघोर भत्र्सना र निन्दा गरेको छ ।
सामाजिक दलाल फासिवादी सरकारको अन्यायपूर्ण, जनविरोधी, राष्ट्रघाती, भ्रष्ट र फासिवादी राज्य व्यवस्थाका जुनसुकै प्रकारका दमनका अगाडि पनि आफुहरु नझुक्ने समेत विज्ञप्तिमार्फत चेतावनी दिईएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘वैज्ञानिक समाजवादी राज्य व्यवस्था र वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको हाम्रो महान् लक्ष्य प्राप्तिको जनक्रान्तिमा हाम्रो संगठन अनवरत अगाडि बढ्नेछ ।’ भनिएको छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी