पहिलो गोदावरी राजधानी कप: उपाधिका लागि नेपालगंज–११ र फारवेष्ट पशुपति भिड्ने

पहिलो गोदावरी राजधानी कप: उपाधिका लागि नेपालगंज–११ र फारवेष्ट पशुपति भिड्ने

  • सोमवार, जेष्ठ २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

धनगढी, जेठ २७ ।
कैलालीको अत्तरीयामा जारी गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालगंज–११ बाकें र फारवेष्ट पशुपति युवा क्लब धनगढी भिड्ने भएका छन् । सेमिफाईनलमा जित हात पार्दै दुवै टीम उपाधिका लागि एक अर्कासँग प्रतिस्पर्धा गर्न लागेका हुन् ।
तेघरी स्थित वनदेवी युवा क्लबको मैदानमा भएको पहिलो समिफाईनलमा नेपालगंज–११ ले आयोजक पिएफए स्पोर्टस क्लबलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरी भएपनि दोस्रो हाफमा दुई गोल गर्दै नेपालगंज–११ उपाधि नजिक पुगेको हो । नेपालगंजलाई जिताउन विवेक पुनले दोस्रो हाफको १८ औं मिनेटमा पहिलो गोल गरे । दोस्रो हाफको ३९ औं मिनेटमा विनोद केसीले पेनाल्टी मार्फत अर्को गोल गर्दै आफ्नो टीमलाई उपाधि नजिक लगे । पिएफए स्पोर्टस क्लबका खेलाडीले फल गरेपछि नेपालगंजले पेनाल्टी पाएकोमा विनोदले त्यसलाई गोलपोष्टको दिशा दिएका हुन् । नेपालगंज–११ का रक्षक दिलवहादुर तामाङ म्यान अफ द म्याच भए । उनले नगद तीन हजार पाए ।

यसअघि वनदेवी युका क्लबकै मैदानमा गत वैशाखमा भएको मेयर कप प्रतियोगितामा नेपालगंज ११ का अधिकांश खेलाडी सम्मिलित खजुरा गाउँपालिका च्याम्पीयन बनेको थियो ।
पिएफए स्पोर्टस क्लबको आयोजनामा पारी प्रतियोगिताको दोस्रो सेमिफाईनलमा धनगढीको फारवेष्ट पशुपति युवा क्लबले सुख्खडको घोडाघोडी यु्वा क्लबलाई १–० ले किराना लगाएको छ । निकै प्रतिस्पर्धात्मक खेलको सुरुवातमा पाएको मौकालाई सदुपयोग गर्न सफल भएपछि फारवेष्ट पशुपति फाईनल पुगेको हो । खेल सुरु भएको पहिलो हाफको ७ औं मिनेटमा फारवेष्ट पशुपति युवा क्लबका चेतमान कडायतले गोल गरेका थिए । दोस्रो हाफमा दुवै टीमले गोल गर्ने प्रयास गुमाउँदा फारवेष्ट पशुपति विजयी भएको हो । उत्कष्ट बचाउ गर्दै आफ्नो टीमलाई फाईनल पुराएका फारवेष्ट पशुपतिका गोलरक्षक सुजित जिसी भए । उनले नगद तीन हजार पाए ।
प्रतियोगिताको विजेताले चार लाख तथा उप विजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार पाउने छन । उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई १५÷१५ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई तीन हजार पुरस्कार प्रदान गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ