मेयर द्वारिकलाल चौधरीले आफ्नो बोली फिर्ता लिए

मेयर द्वारिकलाल चौधरीले आफ्नो बोली फिर्ता लिए

  • सोमवार, जेष्ठ २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, जेठ २७ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नो बोली फिर्ता लिएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै उनले बोली फिर्ता लिएका हुन् । इटहरीकै पत्रकार विराट अनुपमलाई नाकको डाँडी भाँच्न एक करोड छुट्याएको लगायत धम्की दिएर विवादमा तानिएका मेयर चौधरीले विज्ञप्तिमार्फत बोली फिर्ता लिएका हुन् ।

‘फेसबुकको कमेन्टलाई लिएर आक्रोसपूर्ण फोन गरेपछि भएका संवादका कारण आवेगजन्य परिस्थितिका कारण मेरो भनाइबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात पुग्न गएकोमा व्यक्त विचार फिर्ता लिन्छु,’ विज्ञप्तिमा भनिएको छ ।

उनले भ्रष्टाचारविरुद्धको शुन्य सहनशीलताको अभियानमा सञ्चार जगतको रचनात्मक भूमिकाको समेत अपेक्षा गरेका छन् । –राजधानी दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ