प्रहरी दमनको विरोधमा मसाल जुलुस प्रदर्शन

प्रहरी दमनको विरोधमा मसाल जुलुस प्रदर्शन

  • सोमवार, जेष्ठ २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं । गुठी प्राधिकरण विधेयक विरुद्धको प्रदर्शनमा भएको प्रहरी दमनको विरोध गर्दै सरोकारवालाहरुले आइतबार साँझ मसाल जुलुस प्रदर्शन गरेका छन् ।लगनटोलबाट शुरु भएको मसाल जुलुलु नयाँ सडकसम्म पुगेको थियो । त्यसअघि निकालिएको विरोध जुलुस असन, इन्द्रचोक, न्यूरोड, ओमबहाल हुँदै लगनचोकमा पुगेको थियो ।

विरोध सभामा सरोकारवालाहरुले गुठी खारेज गरेर नेपालको मौलिक धर्म, संस्कृति नष्ट गर्ने सरकारका मन्त्री लगायत कुनै पनि प्रतिनिधिहरुलाई गुठीबाट संचालित चाडपर्व र जात्राहरुमा सहभागी हुने नैतिक अधिकार नभएको बताए । नेवा देय दवुका अध्यक्ष नरेश कुमार ताम्रकारले गुठी खारेज गर्ने र त्यही गुठीबाट संचालित भोटोजात्रा लगायतका चाडपर्वहरुमा सरकारी स्तरबाट कुन नैतिकताका आधारमा सहभागी भएको भन्दै प्रश्नसमेत गरे ।

सहभागीहरुले सो विधेयक खारेज नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ