प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल आज, उपाधि भिडन्तमा त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदै

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल आज, उपाधि भिडन्तमा त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदै

  • सोमवार, जेष्ठ २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, २७ जेठ । चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा अपरान्ह ४ बजेपछि हुने उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

यसअघि आइतबार फाइनल हुने जनाईए पनि सार्वजनिक विदाको कारण फाइनल खेल आजका लागि सारिएको हो । साविकको विजेता समेत रहेको आर्मी लगातार चौंथो पटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३(१ को सेटमा पराजित गरेको थियो ।आर्मी आज पनि गण्डकीलाई पराजीत गरेर उपाधि हात पार्ने दाउमा हुनेछ ।

यता, पहिलो पटक फाइनल पुगेको गण्डकी आर्मीलाई स्तब्ध बनाएर उपाधि जित्ने योजनामा हुनेछ । सेमिफाइनलमा बलियो टिम एपीएफ क्लबलाई ३(१ को सेटमा पराजित गरेको गण्डकी निकै आत्मविश्वासी रहेको छ ।

नेपाली सेनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा नेपाल पुलिसले तेस्रो स्थान हासिल गरिसकेको छ । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ