दमन र राज्य आतंकको प्रतोरोध गर्न अखिल(क्रान्तिकारी)द्वारा आव्हान

दमन र राज्य आतंकको प्रतोरोध गर्न अखिल(क्रान्तिकारी)द्वारा आव्हान

  • आइतवार, जेष्ठ २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, २६ जेठ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले संविधानले दिएको मौलिक अधिकारलाई कुल्चिएर आफ्ना २२ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएकोमा घोर आपत्ति प्रकट गरेकाे छ ।

अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जीबी ढकालले आज एक विज्ञप्ति जारी गर्दै अखिल (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटिको संयुक्त बैठकमा हस्तक्षेप गरी नेता कार्यकर्ताला गिरफ्तार गरेकेा भन्दै यस्ता किसिमका गिरफ्तारी , दमन र राज्य आतंकको देश ब्यापी रुपमा कडा प्रतोरोध गर्न सम्पूर्ण युवा बिद्यार्थीहरुलाई आव्हान समेत गरेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँ पालिकाको वार्ड न ११ उरीस्थित आमा समुहको भवनमा (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटिको संयुक्त बैठकमा प्रहरीले हस्तक्षेप गरी ने.क.पा. कास्की जिल्ला सेक्रेटरी बिबेक भण्डारी ‘आक्रोश’ , नेकपा कास्कीका जिल्ला सदस्य एबम एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’ ,अखिल क्रान्तिकारी केन्द्रीय सदस्य मिलन राइ, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य/कास्की जिल्ला अध्यक्ष काजी गुरुङ ,जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल क्रान्तिकारी पि एन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र बिद्यार्थी नेता एब सहिद पुत्र सुजन सापकोटा लगायत लाई गिरफ्तार गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ