अलेक्जेण्डरलाई यसकारण डायोजनिस भएर जन्मने इच्छा जाग्यो

अलेक्जेण्डरलाई यसकारण डायोजनिस भएर जन्मने इच्छा जाग्यो

  • शुक्रबार, जेष्ठ २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

अलेक्जेण्डर दी ग्रेटले छोटो समयमै आधा संसार जितेका थिए । उनलाई एक्लो विश्वविजेता भनिन्छ । उनी ज्ञानका निकै प्यासी थिए । भनिन्छ उनी एक हातमा तरवार र अर्को हातमा होमरको महाकाव्य बोकेर हिड्थे । यसर्थ उनको ज्ञानी पुरूषहरू प्रति निकै लगाव थियो ।

एक पटक उनले महान् सन्त डायोजनिसको बारेमा सुने । डायोजनिससंग धनको नाममा भिक्षा माग्ने भाडो र लगाएको लंगौटी बाहेक अर्थोक केही थिएन । उनको लागि धर्ती नै विस्तारा र अकाश छानो थियो । यद्यपी उनी निकै संन्तुष्ट थिए, निकै खुसी थिए जस्तो सुख संसारका नामी अमिरले समेत पाउन सकेका थिएनन् । उनी साच्ची नै महान् सन्त थिए ।

सिकन्दरलाई उनलाई भेट्ने इच्छा लाग्यो र उनी डायोजनिस समक्ष गए । डायोजनिस समुद्र किनारमा विहानको रापिलो घाम तापिरहेका थिए । घोडामा सवार भएर सिकन्दर उनको अघि गए र अदमका साथ भने ‘म यो पुरै देशको सम्राट हुँ र विश्व विजयको क्रममा छु । यहाँ जस्तो सन्तलाई सेवा गर्नु मेरो कर्तव्य हो । भन्नुहोस् तपाई जे चाहनुहुन्छ म त्यो दिन्छु ।’

‘म आफैमा सन्तुष्ट छु, मेरा खासै केही चाहना छैन तर म सानो चिज माग्न चाहन्छु,’ डायोजनिसले मुसुक्क हास्दै भने ‘महाशय, जाडोमा घाम बडो न्यानो हुन्छ, यहाँले मेरो घाम छेकिदिनुभएको छ, कृपया मेरो घाम नछेकिदिनुहोला ।’

यो सुनेपछी सम्राट टाउको लत्र्याउदै घर फर्किए । पछी उनले भनेका थिए, ‘म संसारको सर्वाधिक शक्तिशाली सम्राट, संसार मेरो नाम सुनेर थर्किन्छ । तर यो नग्न फकिर डायोजनिस जोसित लंगौटी पनि छैन म जस्तो सम्राटलाई तृणवत् तुच्छ मान्दछ । म डायोजनिसको इर्ष्या गर्दछु । यदि मेरो अर्को जन्म हुन्छ भने म सिकन्दर नभएर डायोजनिस भएर जन्मन चाहन्छु… ।

सिकन्दरको मृत्युपछी उनको इच्छा अनुसार उनको दुवै हातलाई अर्थीबाट लमतन्न बाहिर निकालोयो । यो देखेर सबै मानिस छक्क परे, किनभने यस्तो न पहिले भएको थियो न त देखेका नै थिए । सबै शरिर बाधिएका थिए तर हात खुला थिए । यो उनको अन्तिम शन्देश थियो की ‘हेर, विश्व जितेर पनि यो सिक्नदर खाली हात गइरहेको छ ।’

— जिन्दगीमा सुख पाउन सम्पतीको थुप्रो होइन, बस् सन्तुष्ट मन चाहिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी