प्रहरी हस्तक्षेपकाबीच माइतीघर मण्डलामा जलाइयो मिडिया काउन्सिल विधेयक

प्रहरी हस्तक्षेपकाबीच माइतीघर मण्डलामा जलाइयो मिडिया काउन्सिल विधेयक

  • शुक्रबार, जेष्ठ २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

२४ जेठ, काठमाडौं । प्रहरी हस्तक्षेपका बाबजुद पत्रकारहरुले शुक्रवार माइतीघर मण्डलामा मिडिया काउन्सिल विधेयक जलाएका छन् । क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ३ को आयोजनामा पत्रकारहरूले विधेयक जलाइएका हुन् ।

‘मिडिया काउन्सील विधेयक खारेज गर’, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर’, ‘पत्रकारमाथिको बढ्दो आक्रमण बन्द गर’, ‘पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको ग्यारेन्टी गर’, ‘सम्पूर्ण प्रेस विरोधी ऐन कानूनहरु खारेज गर’लगायतका नारा लेखिएका प्ले-कार्डसहित विरोध प्रदर्शनमा उत्रिएका क्रान्तिकारी पत्रकारहरुलाई प्रहरीले धरपकड गरेको थियो ।

प्रदर्शनमा पत्रकारहरुले मिडिया काउन्सील विधेयक जलाउनै लाग्दा प्रहरीले हस्तक्षेप गरेको हाे । विरोध प्रदर्शनमा क्रान्तिकारी पत्रकार महासंघका पूर्व अध्यक्ष कुमार शाह, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, ३ नं. प्रदेश संयोजक रनसुर महतरा, सचिव अनु निरौला लगायत संगठनका केन्द्रीय सदस्यहरु, प्रदेश तथा जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।

क्रान्तिकारी पत्रकार महासंघका नेताहरुले नेपाल पत्रकार महासंघको जारी आन्दोलनको समर्थन, ऐक्यबद्धता तथा खबरदारीको लागि विधेयक जलाएको बताएका छन् ।यसअघि महासंघले बुटवलको मिडिया चोकमा पनि विधेयक जलाएको थियो । महासंघले ७ वटै प्रदेशमा विधेयक जलाउने निर्णयसमेत गरेको छ ।

मिडिया काउन्सील विधेयक खारेजी तथा फिर्ताको लागि यतिखेर सिंगो प्रेस जगत आन्दोलित छ । नेपाल पत्रकार महासंघको नेतृत्वमा भोलि बबरमहलबाट नयाँ बानेश्वरसम्म हाते साङ्लो ¥याली निकाल्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी