एजेन्सी जेठ २४ ।
इंग्ल्याण्डमा जारी १२ औं आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । ब्रिस्टोलमा आज हुने एक मात्र खेलमा दुई एसियाली राष्ट्र पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।
दुई टोलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह साव ३ बजेपछि सुरु हुनेछ । काउन्टी ग्राउण्डमा श्रीलंका र पाकिस्तान दोस्रो जितको खोजीमा हुने छन् । दुवैले अघिल्ला २ खेलमा एक जित र एक हार व्यहोरेका छन् ।
श्रीलंका पहिलो खेलमा न्युजिल्याण्डसंग पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई हराएको थियो । तेस्रो खेलमा भने श्रीलंका बलियो टिम पाकिस्तानलाई हराउन चाहन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline