मुस्ताङको जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने

मुस्ताङको जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने

  • शुक्रबार, जेष्ठ २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

बागलुङ, २४ जेठ । भोली शनिवारदेखि मुस्ताङको जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने भएको छ। विमानस्थलको धावनमार्गमा कालोपत्र थप ९ओभरले० गर्नुपर्ने भएकाले असार ७ गतेसम्म विमानस्थलमा उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख भानु कोइरालाले ७ असारसम्ममा धावनमार्ग सुधारको काम सकिने बताए । जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नु परेको उनको भनाइ छ।

विमानस्थल स्तरोन्नति योजनाअनुसार धावनमार्गको तह मिलाउने, कालोपत्र थपलगायत मर्मतको काम भइरहेको छ।तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो।२० वर्षअघि गरिएको कालोपत्रको म्याद गुज्रन लागेको थियो।

विमानस्थल स्तरोन्नतिका लागि नागरिक उड्डयन प्राधिकरणले एपेक्स निर्माण कम्पनीलाई जिम्मा दिएको छ। गत असोजमा ढ करोडमा सम्झौता भई माघदेखि निर्माण कम्पनीले काम सुरु भएको थियो। हिमपातका कारण मर्मतको काममा केही ढिलाइ भएको थियो।

असारभित्र सबै काम सकिने कम्पनीका इञ्जिनीयर लालध्वज लामाले बताए। धावनमार्ग सुधारसँगै विमानस्थलमा कालीगण्डकी नदीको कटान नियन्त्रण र घेराबारको काम पनि भइरहेको छ।

पोखरा(जोमसोम हवाई मार्गमा तारा, यती, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन्। मुस्ताङ घुम्ने पर्यटकको चापले वैशाख(ठमा विमानस्थल बढी व्यस्त हुन्छ।पोखरादेखि १७ मिनेटको उडानमा जोमसोम पुगिन्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ