एकदिवसीय विश्वकप क्रिकेट: अस्ट्रेलियाको लगातार दोस्रो जित

एकदिवसीय विश्वकप क्रिकेट: अस्ट्रेलियाको लगातार दोस्रो जित

  • शुक्रबार, जेष्ठ २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, २४ जेठ । इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा साविक विजेता अस्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ ।गएराति नटिङघममा भएको खेलमा अस्ट्रेलियाले वेष्ट इण्डिजलाई १५ रनले हरायो ।

खेलमा अष्ट्रेलियाले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७३ रन मात्र बनाउन सक्यो ।उसका लागि साई होप र कप्तान जेसन होल्डरले अर्ध शतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् ।

होपले ६८ रनको योगदान दिंदा होल्डरले ५१ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा १ मेडनसहित ४६ रन खर्चेर ५ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २ सय ८८ रन बनाएको थियो ।

उसका लागि नाथन कुल्टर नाइलले ९२ रन तथा स्टिभ स्मिथले ७३ रनको पारी खेले ।जितसंगै अष्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले नै हराएकोे वेष्ट इण्डिजको भने प्रतियोगितामा यो पहिलो हार हो ।विश्वकप क्रिकेटमा आज पाकिस्तान र श्रीलंका भिड्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ