बारा, २१ जेठ ।
बारामा टिपरले मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिका(२४ श्रीपुरस्थित पिलुवा सडकमा ना. ८ ख ३१२९ नम्बरको टिपरले ना.१६ प ९७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३५ बर्षीया खुश्बुन नेशाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही उपमहानगरपालिका(२६ बस्ने ४२ बर्षीय जाकिर हुसेनको जिल्ला अस्पताल कलैयामा प्राथमिक उपचारपछि नेशनल मेडिकल कलेज बीरगंज पठाइएको छ ।
टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline