सरकारले बजेटमा विभेदकारी नीति लियो:  नेता महतो

सरकारले बजेटमा विभेदकारी नीति लियो:  नेता महतो

  • मङ्लबार, जेष्ठ २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ, जेठ २१ ।
राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट विभेदकारी रहेको दाबी गर्नुभएको छ । आज प्रतिनिधिसभा बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उहाँले संघीयतालाई असफल बनाउने गरी बजेट ल्याएको आरोप लगाउनु भएको हो ।

५० प्रतिशतभन्दा बढी जनसंख्या भएको मधेशलाई २० प्रतिशतभन्दा कम बजेट विनियोजन गरेर सरकारले विभेदकारी नीति लिएको उहाँको तर्क छ । ६ करोड बजेट विनियोजन गरेर सरकारले सांसदहरुलाई बदनाम गराएको आरोप पनि लगाउनुभयो ।

उहाँले जनताकहाँ निर्वाचनका बेला गरिएको सहमतिअनुसार विकास, निर्माणको कामलाई अघि बढाउन योजना माग्नुको सट्टा सरकारले सांसदहरुलाई ६ करोड बजेट विनियोजन गरेर गल्ती गरेको पनि बताउनुभयो ।

नेता महतोले विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक नीति र राष्ट्रिय गौरवका आयोजना बाहेकका सबै अधिकार प्रदेश र स्थानीय सरकारलाई दिन आफ्नो पार्टीले सरकारसँग पटक–पटक माग गरे पनि त्यसअनुसार काम हुन नसकेको पनि बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ