बजेटले मुलुकलाई सहित बाटेमा अघि बढाउछ: नेता पाण्डे

बजेटले मुलुकलाई सहित बाटेमा अघि बढाउछ: नेता पाण्डे

  • मङ्लबार, जेष्ठ २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं, जेठ २१ ।
नेकपाका नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनताको अपेक्षा अनुसार नै बजेट ल्याएको बताउनु भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले जनताको अपेक्षा अनुसार बजेट नआएको भन्दै आलोचना गरिरहेका बेला नेता पाण्डेले मुलुकलाई सही बाटोमा अघि बढाउने गरी बजेट आएको बताउनु भएको हो ।

आज प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले बजेटले वित्तीय अनुशासनलाई पनि ख्याल गरेको स्पष्ट पार्नुभयो ।

सरकारले आगामी आर्थिक वर्ष साँढे ८ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ । नेता पाण्डेले सरकारले सो लक्ष्य हासिल हुने गरी बजेट ल्याएको पनि बताउनुभयो । मुलुकको आर्थिक वृद्धिदरलाई कायम गर्न स्रोतको अभाव बजेटमा नदेखिएको नेता पाण्डेको भनाइ छ ।
नेता पाण्डेले मुलुकको आर्थिक वृद्धिदरलाई बढाउन सिमेन्ट, जस्ता, रडजस्ता देशभित्रै उत्पादन हुने बस्तुहरुले सघाउ पु¥याउने विश्वास पनि व्यक्त गर्नूभयो । बजेटमा अनुदानमा बढावा गरिएकाले कृषि उत्पादन वृद्धि हुँदा पनि नेपालको आर्थिक वृद्धिदर बढेर जाने उहाँको बुझाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ