पहिलो गोदावरी राजधानी कपःसुदुरपश्चिम–११ क्वाटरफाईनलमा

पहिलो गोदावरी राजधानी कपःसुदुरपश्चिम–११ क्वाटरफाईनलमा

  • सोमवार, जेष्ठ २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 23K
    SHARES

धनगढी, जेठ २० ।
कैलालीको अत्तरीयामा जारी गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको तेस्रो दिन सुदुरपश्चिम– ११ विजयी भएको छ । तेघरी स्थित वनदेवी युवा क्लबको मैदानमा भईरहेको प्रतियोगिताको तेश्रो दिनको खेलमा सुदुरपश्चिम–११ ले मलकामना युवा क्लबलाई २–१ ले हराएको हो । सुदुरपश्चिमको जितमा सुरेन्द्र राना र राम सिहं रानाले एक एक गोल गरे । राम सिंह रानाले पहिलो हाफको ३७ औं र सुरेन्द्र रानाले दोश्रो हाफको ३९ औं मिनेटमा गोल गरे । मनकामनाका लागि कृजल खड्काले पहिलो हाफको ४ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा मनकामना पराजित भएको हो ।
सुदुरपश्चिम–११ ले क्वाटरफाईनलमा अव नेपालगंज–११ सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत मंगलबार घोडाघोडी युवा क्लब सुख्खड र सुदुरपश्चिमाञ्चल फुटवल एकेडेमी पुर्नवास वेलौरी बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता जेठ २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले चार लाख तथा उप विजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार पाउने छन । उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सार्वाधीक गोलकर्ता र उदयमान खेलाडीलाई १५÷१५ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई तीन हजार पुरस्कार प्रदान गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ