हावाहुरीले ६० घरगोठको छानो उडायाे

हावाहुरीले ६० घरगोठको छानो उडायाे

  • सोमवार, जेष्ठ २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

अर्घाखाँची, २० जेठ । अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा आइतवार साँझ पानीसहित आएको हावाहुरीले ६० घरगोठको छानो उडाएको छ ।

हावाहुरीका कारण छत्रदेव गाँउपालिकाको २ र ३ नम्वर वडामा मात्रै एक विद्यालयसहित कम्तीमा ६० घरगोठको छानो उडाएको छ ।

हावाहुरीले शहिद मेमोरियल वोर्डिंग स्कुलको छानासहित ६० घर गोठको छाना उडाएको स्थानीय पिताम्वर खनालले बताए ।

वल्कोटको हुलाकदेखी पाटीसम्मको क्षेत्रमा बढी क्षति पुगेको बताइएको छ । हावाहुरीले रुखका हांगा तथा फलफुलका सयौ बोटहरु भाँचिएको छ ।

हावाहुरीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ