अमेरिकी सेनाको अधिकृत क्याडेट टोलीद्वारा विपद व्यवस्थापन सम्बन्धी अनुभव आदानप्रदान

अमेरिकी सेनाको अधिकृत क्याडेट टोलीद्वारा विपद व्यवस्थापन सम्बन्धी अनुभव आदानप्रदान

  • आइतवार, जेष्ठ १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौं, १९ जेठ ।
सांस्कृतिक तथा नेतृत्वदायी कार्यक्रममा सहभागी हुन लेफ्टिनेन्ट कर्णेल कलिना क्रिजको नेतृत्वमा नेपाल आएको अमेरिकी सेनाको अधिकृत क्याडेटको ३५ सदस्यीय टोलीले आइतबार प्रहरी प्रधान कार्यालयको भ्रमण गरी विपद व्यवस्थापन सम्बन्धी नेपाल प्रहरीको पूर्व तयारी, कार्यशैली र अनुभव आदानप्रदान गरेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त टोलीसँग भेटघाट गरी भूकम्प, बाढी पहिरो, दुर्घटना जस्ता विपदजन्य घटनामा उद्धार, पुनर्स्थापना लगायतको भूमिकामा नेपाल प्रहरीको अनुभव आदान प्रदान गर्नुभयो । सो क्रममा लेफ्टिनेन्ट कर्णेल क्रिजले सीमित स्रोत साधन र दक्ष जनशक्तिको बाबजुद नेपाल प्रहरीले उद्धार र राहत वितरणमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।
साथै उक्त टोली समक्ष प्रहरी प्रधान कार्यलयकोतर्फबाट प्रहरी उपरीक्षक सबिन प्रधानले विपद व्यवस्थापनमा नेपाल प्रहरीको जिम्मेवारी, पूर्व तयारी, कार्य शैली र अनुभवबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ