आगलागीबाट एक जनाको मृत्यु, ४० लाख बराबरकाे धनमाल नष्ट

आगलागीबाट एक जनाको मृत्यु, ४० लाख बराबरकाे धनमाल नष्ट

  • आइतवार, जेष्ठ १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES
सांकेतिक तस्बिर ।

काठमाडौं, १९ जेठ ।
काठमाडौंमा आगलागीमा परेर १ जनाको मृत्यु भएको छ । यसैगरी काठमाडौं, बाँके र नवलपरासी (पूर्व) मा भएका आगलागीबाट करिब ४० लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कीर्तिपुर नगरपालिका(४ ज्वालादेवी मार्ग बस्ने ७४ वर्षीय देव बहादुर बांनियाको आगलागीमा परेर आइतबार बिहान मृत्यु भएको छ । खाना बनाउने क्रममा आगलागी भएकोले आगो निभाउने क्रममा जलेर बांनियाको घटनास्थलमै मृत्यु भएको हो । आगलागीबाट बांनियाको कच्ची घर र अन्नपात, लुगाफाटा लगायतका सामानहरू जलेर नष्ट भई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल समेत नष्ट भएको छ ।
बाँके, नरैनापुर गाउँपालिका(१ कटकुईयाँ गाउँमा आइतबार बिहान आगलागी हुँदा ९ वटा कच्ची घर र ७ वटा गोठ जलेर करिब ३५ लाख रुपैयाँ बराबबरको धनमाल नष्ट भएको छ ।
नवलपरासी ९पूर्व०, गैंडाकोट नगरपालिका(३ भतेरीस्थित महेश्वर खोलामा अघोरी मल्टिप्रपोज विजनेश प्रालिको गिटी बालुवा संकलन केन्द्रमा पार्किङ गरी राखेको बा।२ क ७८८६ नम्बरको स्काईभेटरमा शनिबार राती आगलागी भएको छ । स्काईभेटरको हाईड्रोलिक पाईप जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी