काठमाडौं, जेठ १९ ।
राष्ट्रिय जनता पार्टी राजपाले संविधानले गरेको व्यवस्था विपरित लोकसेवा आयोगले प्रदेशलाई समेत गरि कर्मचारी परिपूर्तिका लागि विज्ञापन आव्हान गरेको भन्दै गम्भीर आपत्ती जनाएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले सरकार र संवैधानिक निकायले संविधानको कार्यान्वयन नगरेको आरोप लगाउनुभयो । उहाँले संविधान विपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै सच्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
लोकसेवा आयोगले संघीय कर्मचारीको मात्रै नियुक्ति गर्नुपर्नेमा समग्र मुलुकभरका लागि विज्ञापन आव्हान गरिएको प्रति उहाँले आपत्ति जनाउु भएको हो । आयोगले निकालेको विज्ञापनको विरोध भईरहदा पनि सच्याउनुको सट्टा आफुले गरेको काम ठिक भनेको भन्दै उहाँले आक्रोश पोख्ुनुभयो ।
उहाँले प्रदेशमा पनि लोकसेवा आयोग रहने व्यवस्था संविधानमा गरिएको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले मधेस आन्दोलनको अध्ययन प्रतिवेदन सार्वजनिक नगरिएकोमा पनि असन्तुष्ठि जाहेर गर्नुभयो ।
यस्तै राजपाका सांसद महन्थ ठाकुरले समृद्ध तराइ मधेस कार्यक्रम बजेटमा समावेश नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभामा आज बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले अहिले पनि मधेसमा सञ्चालन भइरहेको समृद्ध तराइ मधेस कार्यक्रम बजेटमा नआएको भन्दै त्यसबारे अर्थमन्त्रीसँग जिज्ञासा राख्नुभएको हो।
उहाँले सिंँचाइका लागि मधेसका गाउँ गाउँमा पोखरी रहेको भन्दै ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेका पोखरी संरक्षण र मर्मत संभारमा ध्यान दिन सके सरकारले अघि सारेको सिंँचाइ सुविधाको कार्यक्रम सफल हुने बताउनुभयो ।
उहाँले सौर्य उर्जाको उपयोग गरेर प्रदेश नम्बर २ लाई अन्धकार मुक्त राख्ने, भूमिगत सिंँचाइ, हुलाकी सडक लगायत विषयलाई बजेटमा प्राथमिकता दिएकोमा अर्थमन्त्रीलाई धन्यवाद दिँदै बजेट कार्यान्वयनका लागि सुझाव दिनुभयो ।