अमेरिका जान कडाई: सामाजिक सञ्जालको नाम, पाँच वर्ष अवधिका ईमेल आइडी र फोन नम्बर अध्ययन गरिने !

अमेरिका जान कडाई: सामाजिक सञ्जालको नाम, पाँच वर्ष अवधिका ईमेल आइडी र फोन नम्बर अध्ययन गरिने !

  • आइतवार, जेष्ठ १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, १९ जेठ ।

अमेरिकाको भिसाका लागि निवेदन दिनेहरुले आफ्नो सामाजिक सञ्जालको विस्तृत विवरणसमेत पेश गर्नुपर्ने भएको छ । अमेरिकी विदेश विभागले भिसाका लागि निवेदन दिने व्यक्तिले सामाजिक सञ्जालको नाम, पाँच वर्ष अवधिका ईमेल आइडी र फोन नम्बरहरु पेस नियम जारी गरेको हो ।

गतवर्ष यस सम्बन्धी प्रस्ताव पेश गरिएका बेला यसबाट वार्षिक १ करोड ४७ लाख मानिस प्रभावित हुने आँकलन गरिएको थियो । केही कूटनीतिक र सरकारी अधिकारीले भने भिसा निवेदन दिँदा यस्तो जानकारी पेश गर्नुपर्ने छैन ।

तर काम तथा अध्ययनका लागि अमेरिका जान चाहनेले भने सम्पूर्ण जानकारी पेश गर्नुपर्ने छ । अमेरिकी नागरिकको सुरक्षाका लागि स्क्रिनिङ प्रक्रिया परिस्कृत गर्ने योजना अनुसार नयाँ नियम लागू गरिएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ