एकदिवसीय विश्वकप क्रिकेटः अष्ट्रेलिया र न्युजिल्याण्डकाे विजयी सुरुवात

एकदिवसीय विश्वकप क्रिकेटः अष्ट्रेलिया र न्युजिल्याण्डकाे विजयी सुरुवात

  • आइतवार, जेष्ठ १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं, १९ जेठ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलिया र न्युजिल्याण्डले विजयी सुरुवात गरेका छन् । शनिवार भएका खेलमा साविक विजेता अष्ट्रेलियाले अफ्गानिस्तानलाई ७ विकेटले हरायो ।

इङ्ल्याण्डको ब्रिस्टोलमा अफगानिस्तानले दिएको २ सय ८ रनको लक्ष्य अष्ट्रेलियाले ३४ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरले अविजित ८९ रन बनाउँदा आरोन फिन्चले ६६ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८ ओभर २ बलमा अलआउट हुँदै २ सय ७ रन बनाएको थियो । एक दिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करणमा न्यूजिल्याण्डले पनि शानदार सुरुवात गरेको छ । हिजो भएको खेलमा श्रीलंकालाई १० विकेटले हराउँदै न्यूजिल्याण्डले सुखद सुरुवात गरेको हो ।

वेल्सको कार्डिफमा श्रीलंकाले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १६ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गर्‍यो ।उसका लागि मार्टिन गुप्टिलले अविजित ७३  रन जोड्दा कोलिन मुन्रोले ५८ रन बनाए । विश्वकप क्रिकेटमा आज बंगलादेश र दक्षिण अफ्रिका भिड्नेछन् । पहिलो खेलमा इङ्ल्यान्डसँग हारेको दक्षिण अफ्रिकाको यो दोस्रो खेल हो भने बंगलादेशको यो पहिलो खेल हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ