गोदावरी राजधानी कप सुरुः आयोजक पिएफए उद्घाटन खेलमा जित हात पार्दै सेमिफाईनल प्रवेश

गोदावरी राजधानी कप सुरुः आयोजक पिएफए उद्घाटन खेलमा जित हात पार्दै सेमिफाईनल प्रवेश

  • शनिबार, जेष्ठ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

धनगढी, जेठ १८ ।
शनिवारदेखि कैलालीको अत्तरीयामा गोदावरी राजधानी कप राष्ट्रिय खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । पिएफए अत्तरियाको आयोजनामा खुल्ला फुटबल प्रतियोगिता सुरु भएको हो । शनिवार भएको उद्घाटन खेलमा आयोजक पिएफए अत्तरिया विजयी भएको छ । गौरीगंगा–११ स्पोर्टस क्लब मसुरीयलाई १–० ले हराउँदै आयोजक पिएफए सेमिफाईनल प्रवेश गरेको हो । पिएफएको जितमा एक मात्रै निर्णायक गोल सागर विसीले गरे । उनले दोस्रो हाफको ६८ औं मिनेटमा गोल गरेका हुन् ।

वनदेवी युवा क्लवको खेल मैदान तेघरीमा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत आईतबार माउण्ट एभरेष्ट क्लब र फारवेष्ट पशुपति युवा क्लब बीच प्रतिस्पर्धा हुने छ । १० टीमको सहभागीता रहेको प्रतियोगिता जेठ २८ गतेसम्म सञ्चालन हुनेछ ।


प्रतियोगिताको विजेताले चार लाख तथा उप विजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार पाउने छन । उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सार्वाधीक गोलकर्ता र उदयमान खेलाडीलाई १५÷१५ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई तीन हजार पुरस्कार प्रदान गरिनेछ ।
यसअघि प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरे । पिएफए अत्तरियाका अध्यक्ष योगेश भट्टको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ