प्रधानमन्त्री ओलीको व्यवहार तानाशाह बन्नेतर्फ केन्द्रित: पौडेल

प्रधानमन्त्री ओलीको व्यवहार तानाशाह बन्नेतर्फ केन्द्रित: पौडेल

  • शनिबार, जेष्ठ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

सुर्खेत, जेठ १८ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार तानाशाह बन्नेतर्फ केन्द्रित भएको आरोप लगाउनु भएको छ ।

आज सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाले चुनाव जितेर आएका सबै लोकतान्त्रिक नहुने भन्दै ओलीको चाहना तानाशाह बन्नेतर्फ उन्मुख भएको बताउनु भएको हो ।

नेता पौडेलले दुईतिहाइ बहुमतको वर्तमान सरकारले जनमतको दुरुपयोग गरेको ठोकुवा गर्नुभएको छ । सरकारले अहिले पनि स्थानीय र प्रदेश सरकारलाई अधिकार नदिएको भन्दै उनले सांसदलाई करोडौं बाँडेर उपभोक्ता समिति बनाइ भ्रष्टाचार गर्ने मनसाय देखिएको टिप्पणी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ