विश्वकप क्रिकेटमा दुई खेल आजः श्रीलंका र न्यूजिल्यान्ड तथा अफगानिस्तान र अस्ट्रेलिया भिड्दै

विश्वकप क्रिकेटमा दुई खेल आजः श्रीलंका र न्यूजिल्यान्ड तथा अफगानिस्तान र अस्ट्रेलिया भिड्दै

  • शनिबार, जेष्ठ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 18.4K
    SHARES

काठमाडौं, १८ जेठ । आईसीसी विश्वकपमा आज दुईवटा खेल हुँदैछन् । पहिलो खेलमा न्यूजिल्याण्ड र श्रीलंका भिड्दो दोस्रोमा अफगानिस्तान र अस्ट्रेलिया मैदान उत्रने छन् ।
नेपाली समयअनुसार सवा ३ बजे श्रीलंका र न्यूजिल्याण्डबीचको खेल कार्डिफस्थित मैदानमा हुनेछ । न्यूजिल्याण्डलाई विश्वकपमा डार्क हर्स भन्ने गरिन्छ ।

उसले यो संस्करणमा पनि यो छवी कायम राखेको छ । एकदिवसीय विश्व वरियतामा न्यूजिल्याण्ड तेस्रो स्थानमा छ ।

श्रीलंका भने यो संस्करणमा कमजोर देखिएको छ । विश्व वरियतामा श्रीलंका नवौं स्थानमा छ ।

अघिल्लो संस्करणमा श्रीलंका क्वार्टर फाइनलसम्म पुगेको थियो । क्वार्टर फाइनलमा दक्षिण अफ्रिकासँग पराजित हुँदै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको थियो ।

यसैगरी आजै हुने अर्को खेलमा विश्वकपको सबैभन्दा कान्छो टोली अफगानिस्तानले सवैभन्दा सफल टिम मानिँदै आएको अस्ट्रेलियासँग खेल्दै छ ।

विश्वकपका ११ संस्करण सकिँदा अस्ट्रेलियाले ५ उपाधि जितिसकेको छ । तर यो संस्करणमा अस्ट्रेलियालाई केही कमजोर आंकलन गरिएको छ ।

यसअघि हिजो भएको खेलमा वेस्ट इन्डिजले शानदार सुरुवात गरेको छ ।

वेस्ट इन्डिजले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले सहजै पराजित गर्दै शानदार सुरुआत गरेको हो ।

सुरुवाती ब्याटिङ गरेको पाकिस्तानले २१ दशमलव ४ ओभरमा १ सय ५ रनमा समेटिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको टिम १३ दशमलव ४ ओभरमा लक्ष्य पुरा गरेको थियो ।

खेलमा क्रिस गेलको ५० रन र निकोलस पुरनको ३४ रनको मद्दतले वेस्ट ईन्डिजले ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ