सर्लाही, जेठ १७ । वाग्मती नदीमा बस खस्दा चालक ३५ वर्षीय वीरु राईको मृत्यु भएको छ । शुक्रबार सिन्धुलीको महेन्द्रझाडीबाट सर्लाहीतर्फ आउँदै गरेको ना३ख ६६४२ नम्बरको बस सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ स्थित मोरंगेको उकालोबाट वाग्मतीमा खसेको हो ।
मोरंगेको उकालो निकै ठाडो रहेकाले सबै यात्री झारेर चालकले बस उकाल्नेक्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् । उकालोको टुप्पोनजिक पुग्नेबेलामा ‘स्टार्ट’ बन्द भएपछि अनियन्त्रित भइ बस खोलामा खसेको बताइएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–१ निवासी चालक राईको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल सर्लाहीस्थित पूर्व–पश्चिम राजमार्गबाट करिब ६ किलोमिटर उत्तर सिन्धुली जिल्लामा पर्दछ । दुर्घटनास्थल विकट क्षेत्रमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline