उर्लाबारी । जिल्ला प्रहरी कार्यालय मोरङले इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरेकाे छ । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (ख) बमोजिम जनताको शान्ति सुरक्षा अहोरात्र खटेवापत प्रहरी निरीक्षक तिमल्सिनालाई नगद १ हजार ३ सय रुपैयाँसहित उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेको हो ।
प्रहरी निरीक्षक तिमम्सिनाले इमान्दार, बफादार, कर्तव्यनिष्ठ, अनुशासित भई उच्चस्तरको प्रशंसनिय कार्य सम्पादन गरी आफूलाई अब्बल सावित गराएका थिए । उनले जिल्ला प्रहरी कार्यालय मोरङले ल्याएका हरेक कार्यक्रमलाई आफ्नो मातहतमा प्रभावकारी रुपमा कार्यान्वयन गरेका थिए । ११ जना उत्कृष्ठ प्रहरीको रुपमा पुरस्कृत हुँदा उनी एक नम्बरमा परे । उनीबाहेक अन्यले १ हजार रुपैयाँ प्राप्त गरे ।