काठमाडौं, १६ जेठ ।
एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता बिहीबारबाट सुरु हुँदैछ । आयोजक इंग्ल्यान्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकासँग भिड्दैछ। उद्घाटन खेल दिउँसो सवा ३ बजे लन्डनस्थित ओभलमा हुनेछ।
इयान मोर्गानको कप्तानीमा उत्रने इंग्लिस टिम एकदिवसीय वरीयताको शीर्ष स्थानमा छ। त्यसैले इंल्यान्डलाई प्रतियोगिताको बलियो र दाबेदारको रुपमा लिइएको छ। इंल्यान्डलाई विश्वका अन्य उत्कृष्ट ९ टिमले कडा टक्कर दिनेछन्।
साविक विजेता अस्ट्रेलियासहित इंग्ल्यान्ड, अफगानिस्तान, बंगलादेश, भारत, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
११ वटा मैदानमा हुने खेल इंग्ल्यान्ड र वेल्समा संचालन हुनेछन्। १० टिम एकआपसमा लिग चरणमा भिड्नेछन्। विश्वकपको लिग चरणमा ४५ खेल हुनेछन्। शीर्ष चार टिम सेमिफाइनलमा पुग्नेछन्।