डा. बाबुराम भट्टराईले बजेटलाई पागलपनको संज्ञा दिएपछि….

डा. बाबुराम भट्टराईले बजेटलाई पागलपनको संज्ञा दिएपछि….

  • बुधबार, जेष्ठ १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ, १५ जेठ । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारले ल्याएकाे बजेट पपुलिष्ट र केही कस्मेटिक कुरा भएको बताएका छन् । उनले सरकारले  ‘पपुलिस्ट’ अर्थात लोकरिझ्याइँवाला बजेट ल्याएको बताए ।

बुधबार अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा पेस गरेकेा बजेटमा सरकारले पुराना कुरा दोहोर्‍याउँदै फरक परिणाम खोजेको बताउँदै यसलाई पागलपनको संज्ञासमेत दिए ।

सरकारले ल्याएको बजेटबारे डाक्टर भट्टराई ट्विटरमा लेख्छन्,  ‘नयाँ वर्षको बजेट पुरानै निरन्तरतामा देखियोस् । केही पपुलिष्ट कुरा र केही कस्मेटिक सुधारका कुरा बाहेक, यत्तिकैमा भित्री र बाहिरी लगानीमा कसरी गुणात्मक वृद्धि होला ? त्योबिना अपेक्षित वृद्धि र रोजगारी सिर्जना कसरी होला ? पुराना काम दोहोर्याइरहनु र फरक परिणाम खोज्नु पागलपन हो भन्थे आइन्सटाइन ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ