युरोपा लिग फुटबलको फाइनल खेल आज हुँदै, उपाधिका लागि चेल्सी र आर्सनल भिड्ने

युरोपा लिग फुटबलको फाइनल खेल आज हुँदै, उपाधिका लागि चेल्सी र आर्सनल भिड्ने

  • बुधबार, जेष्ठ १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, १५ जेठ । युरोपा लिग फुटबलको फाइनल खेल आज राति हुँदैछ ।

अजरबैजानको बाकुस्थित ओलम्पिक रंगशालामा आज राति हुने खेलमा उपाधिका लागि दुई इङ्लिस क्लबहरु चेल्सी र आर्सनल भिड्नेछन् ।

इङ्ल्यान्डको लण्डनका दुई क्लबहरु भिड्न लागेकाले यो खेललाई बाकुमा हुने लण्डन डर्बीको रुपमा हेरिएको छ ।

सन् २०१३ को युरोपा लिग च्याम्पियन चेल्सी दोस्रो पटक यो उपाधिको खोजीमा छ ।

उसले सन् २०१२ मा युएफा च्याम्पियन्स लिग जितेको थियो । आर्सनलले भने अहिलेसम्म च्याम्पियन्स लिग र युरोपा लिग जित्न सकेको छैन ।

आजको खेल जितेको खण्डमा आर्सनल आगामी सिजनको युएफा च्याम्पियन्स लिग फुटबलका लागि छनोट हुनेछ ।

प्रिमियर लिगमा पाँचौ स्थानमा समेटिएको आर्सनलका लागि च्याम्पियन्स लिग खेल्ने यो मात्रै एक बाटो जिवित छ ।

आजको खेललाई चेल्सी र आर्सनलका केही खेलाडीहरुको अन्तिम खेलको रुपमा समेत हेरिएको छ ।

स्पेसिन क्लब रियाल मड्रिडसँग नजिकिएका एडिन हाजार्डले यो खेलपछि चेल्सी छोड्ने निर्णय गर्नसक्छन् भने प्रशिक्षक माउरिजियो सारीलाई समेत चेल्सीले हटाउनसक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ