काठमाडौं, १५ जेठ ।
सरकारले आज आगामी आर्थिक वर्षका लागि साढे १५ खर्ब हाराहारीको बजेट ल्याउँदै छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले आज अपरान्ह ४ बजे संघीय संसद्मा आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्नुहुनेछ । संविधानको धारा ११९ मा अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्ष १५ जेठमा राजस्व र व्यय अनुमान प्रस्तुत गर्ने प्रावधान छ । यस वर्ष सरकारले सार्वजनिक गर्ने बजेट दोस्रो पूर्ण संघीय बजेट हो ।
सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ मा दोहोरो अंककोे आर्थिक बृद्धिदर कायम गर्न सकिने लक्ष्य लिएको छ । दोहोरो अंककोे आर्थिक बृद्धिदर कायम गर्न ल्याउने आगामी बजेट विशेषगरि सामाजिक सुरक्षा र पूर्वाधारमा केन्द्रित भएर आउने अर्थ मन्त्रालयल स्रोतले जानकारी दिएको छ ।
राजश्व र करको दायरा गत वर्षको भन्दा केही बढ्ने बताईन्छ । वित्तीय संघीयता कार्यान्वयनको पहिलो बजेट कार्यान्यनको समिक्षा सहित ल्याइने आगामी बजेट वैदेशिक ऋण र सहायताकालागि बलियो भएर आउने अर्थ मन्त्रालयका अधिकारीहरुको भनाई छ ।
बजेटमा कर्मचारीको तलबभक्ता १० देखि २५ प्रतिशतसम्म बृद्धि हुने छ । गत वर्ष स्वास्थ्य क्षेत्रमा ५६ करोड ४१ करोड रूपैयाँ विनियोजन गरिएकोमा अहिले बढाएर स्वास्थ विमा बापत ठुलो रकम विनियोजन गरिने छ ।
सामाजिक सूरक्षा कार्यक्रम पूर्ण रुपले लागु गराउन थप बजेट विनियोजन हुँदै छ । करको दायरा थप बढ्ने छ । गत आवमा विनियोजित पुँजीगत खर्चतर्फ ३ खर्ब १३ अर्ब ९९ करोड बाट बढाएर यसपाली ५ खर्ब पु¥याइने छ ।
आगामी बजेटमा हाल खाइपाइ आएको बृद्ध भक्ता प्रति महिना २ बाट बढाएर ३ हजारसम्म पु¥याइने छ । यसबाहेक अतिरिक्त रेल, पानीजहाज, ठूला सुरुङ मार्ग, विमानस्थल, विद्युत प्रशारणलाइन लगायत अन्य पूर्वाधार आयोजनाकालागि पनि गत वर्षको भन्दा केही बढी बजेट विनियोजन गरिने छ ।
यसैगरि, कर्मचारीको तलब नबढेको तीन बर्ष भएकाले आगामी आवको बजेटमा निजामति कर्मचारी, सेना, प्रहरी, शिक्षक लगायतको तलव सुविधा १० देखि २५ प्रतिशतसम्म बढाइने छ ।
सरकारले चालु आव २०७५÷०७६ का लागि कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । चालु आवको सो बजेटमा चालु खर्चतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब १३ अर्ब ९९ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड रुपैयाँगरि कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।