काठमाडौ, १५ जेठ । जेठ महिना भित्र सम्पूर्ण प्रदेश कमिटि बिस्तार गर्ने योजना अनुरुप तिमिल्सिना समाज नेपालले सातै प्रदेशमा भेला र प्रदेश कमिटि गठन गर्ने कार्य तिब्र पारेको छ । यसैक्रममा पहिलो चरणमा प्रदेश नम्बर १ र २ मा प्रदेश कमिटि चयन भएको छ । प्रदेश न १ को
इटहरीमा जेठ ११ गते र प्रदेश न २ को निजगढ बारामा जेठ १० गते प्रदेश भेला सम्पन्न भएको छ । दोस्रो चरणमा आगामि जेठ १८ गते प्रदेश ३ को काभ्रेको बनेपामा बिहान १० बजेबाट भेला सुरु हुँदै छ ।
प्रदेश न ४ को भने यसअघि नै प्रदेश कमिटि गठन भईसकेको छ । यस्तै जेठ २५ गते प्रदेश नं. ५ को बुटवल, प्रदेश ६ को जेठ २७ गते सुर्खेत र जेठ २९ गते प्रदेश ७ को अछामको मङगलसेनमा भेला तथा सम्मेलन हुने समाजका महासचिव होम तिम्सिनाले जानकारी दिए ।
समाजको मिति २०७६ बैशाख ८ गतेको निर्णय अनुसार हाल सम्म प्रदेश १ र २ मा सम्मपन्न भइसकेको महासचिब होम प्रसाद तिमिल्सिनाले बताए ।
जेठ १० र ११ गते इटहरी र बारामा सम्पन्न प्रदेश भेलामा समाजका केन्द्रीय अध्यक्ष नवराज तिमिल्सिना , महासचिव होम प्रसाद तिमिल्सिना , सचिव टपेन्द्र तिमिल्सिनालगायतको उपस्थिती रहेको थियो ।ईटहरीको भेलामा समाजका संरक्षक कल्याण कुमार तिम्सिनाको पनि उपस्थिती रहेको थियो ।उक्त भेलाले प्रदेश समिति तथा जिल्ला समिति समेत गठन गरेको छ ।
जसअन्तरगत प्रदेश नं १ मा हरि प्रसाद तिमिल्सिना र प्रदेश नं २ मा शिव प्रसाद तिमिल्सिनाको अध्यक्षतामा समिति निर्माण भएको छ । प्रदेश १ को समाजको उाध्यक्षमा भवकृष्ण तिम्सिना, सचिवमा निरोज तिम्सिना, सहसचिवमा बालकृष्ण तिम्सिना र कोषाध्यक्षमा अम्बिका थापा तिम्सिना चयन भएका छन् । यस्तै सदस्यहरुमा भोजपुरका कृष्ण,इलामका मेदनी, संखुवासभाका गोपाल, धनकुटाका यादव, तेह«थुमका रमेश, पाँचथरका खकेन्द्र प्रपन्न, झापाका रमेश , भोजपुरका गणेश र खोटाङका चेतनाथ रहेका छन् ।

उता प्रदेश २ को उपाध्यक्षमा शिवहरी, सचिवमा माधव र सदस्यहरुको केदार, यादव र चित्र कुमार तिम्सिना रहेका छन् ।
यस्तै बारमा नवराज तिम्सिनाको अध्यक्षतामा जिल्ला समिति चयन भएको छ । उपाध्यक्षमा कैलाश, सचिव बाशुदेव र सलस्यमा निर्मल र रुद्रनाथ रहेका छन् ।
यता काभ्रे जिल्लाको भेला पनि सम्पन्न भएको छ।

भेलाले रामप्रसाद तिमिल्सिनाको संयोजकत्वमा १० सदस्यीय जिल्ला अधिवेश समिति गठन गरिएको छ । समाजले पूर्व पश्चिम वंश खोज अभियान नै चलाएके समाजले भेला तथा सम्मेलनको माध्यमबाट देशभर छरिएर रहेका सबै तिमिल्सीनालाई एकै छातामुनी उभ्याउने प्रयास गरिहरेको समाजका महासचिव तिमिल्सिनाको भनाई छ । समाजले भेला सम्मेलनका साथै वंश लेखनको कार्य पनि संगसँगै अघि बढाउने जनाएको छ ।

समाजले एउटै वंशको भएर पनि तिमिल्सिना, तिमल्सिना, तिम्सिना, तिमसिना, शर्मा आदी फरक थर लेख्ने चलन रहेकोमा सबैलाई एकै ठाउँमा उभ्याउने र वंशावली निर्माण गर्ने कार्य गर्दै आएके छ । थर जुनसुकै प्रकारले लेखेपनि तिम्सिनाको गोत्र एउटै हुन्छ तर भौगोलीक क्षेत्रअनुसार फरकफरक रुपमा आफ्नो थर लेखेको पाईन्छ ।