विष्फोेटका घाइतेलाई अस्पतालबाटै प्रहरीले गर्यो गिरफ्तार

विष्फोेटका घाइतेलाई अस्पतालबाटै प्रहरीले गर्यो गिरफ्तार

  • मङ्लबार, जेष्ठ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं, १४ जेठ ।
राजधानीमा भएको आइतबारको बम विष्फोट घटनाबाट घाइतेलाई उपचाररत रहेको अवस्थामा अस्पतालबाट प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई विप्लव नेतृत्वको ने.क.पा.सँग आवद्ध रहेको अनुसन्धानका लागि भन्दै प्रहरीले अस्पतालबाटै गिरफ्तार गरेको हो ।
घटटेकुलोमा भएको विष्फोटका घाइते रबिन केसी र चन्द्रगिरी विष्फोटका घाइते बुद्ध लामालाई उपचार गराइरहेको अवस्थाबाट नियन्त्रणमा लिइएको हो । लामालाई बीर अस्पताल र केसीलाई ट्रमा सेन्टर न्यूरोडबाट गिरफ्तार गरिएको जनाइएको छ ।
घाइते केसीलाई गम्भीर चोट लागेको छ भने लामा हातमा गम्भीर तरिकाले चोट लागेको अवस्थामा उपचाररत थिए । सुकेधारा विष्फोटका घाइते सुरेन्द्र महर्जन भने चावहिलस्थित ओम हस्पिटलमा उपचार गराइरहेको बताइएको छ ।

-फाइल फाेटाे

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ