उपचाररत ने.क.पा.का नेता लामाको थानकोटस्थित घरमा प्रहरीद्वारा खानतलासी

उपचाररत ने.क.पा.का नेता लामाको थानकोटस्थित घरमा प्रहरीद्वारा खानतलासी

  • मङ्लबार, जेष्ठ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, १४ जेठ ।

काठमाडौंको चन्द्रगिरी नगरपालिका निवासी महेन्द्र लामा ‘विक्रम’को घरमा प्रहरीले खानतलासी गरेको छ ।

आइतबारको चन्द्रगिरी बम विष्फोटमा परी घाइते भएका नेता लामाको शहिद मेमोरियल हस्पिटलमा कलंकीमा उपचार गराइरहेको अवस्थाकाबीच हिजो सोमबार दिउँसो थानकोटस्थित घरमा पुगेर प्रहरीले खानतलासी गरेको घरपरिवारले जनाएको छ । सादा पोशाकमा गएका प्रहरी टोलीले तलासी लिइएको हो ।

तलासीका क्रममा मानसिक यातना समेत दिइएको र त्यस क्षेत्रमा ने.क.पा.को गतिविधिबारे सोधिएको बताइएको छ । अनावश्यक रुपमा घरपरिवारलाई मानसिक रुपले तनाव दिएको र असम्बन्धित विषयमा केरकार गरेको भन्दै परिवारका एक सदस्यले आपत्ति जनाए । प्रहरी प्रशासनको उक्त हर्कत रोक्न पनि सरकारसँग उनले माग गरे ।

घाइते लामाको शरीरको दायाँपट्टिको शिरदेखि पैदलसम्मको पूरै भागमा चोट लागेको अस्पताल स्रोतले जनाएको छ । स्रोतका अनुसार लामाको दायाँ हातको तीन वटा औंला विष्फोटमा परी चुँडिएको छ । अर्का घाइते बुद्ध लामाको भने गम्भीर अवस्थाबीच उपचार भइरहेको बताइएको छ ।

सुकेधारा र घट्टेकुलोमा भएको विष्फोटको केही समयपछि नै चिन्द्रगिरी क्षेत्रमा विष्फोट भएको थियो । घाइते दुवै जना ने.क.पा.सँग आवद्ध रहेको बुझिएको छ ।

त्यस्तै घट्टेकुलोमा भएको विष्फोटका घाइते भई उपचाररार्थ रबिन केसीको स्वास्थ्य अवस्थामा खतरामुक्त रहेको पनि जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ