यी हुन् फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गर्ने खेलाडि

यी हुन् फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गर्ने खेलाडि

  • मङ्लबार, जेष्ठ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, १४ जेठ । शीर्ष खेलाडीहरु नोभाक जोकोभिच, रफायल नडाल र सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन्। फ्रान्सको पेरिसमा गएराति भएको खेलमा सर्बियन खेलाडी जोकोभिचले पोल्याण्डका हुबर्ट हुर्काजलाई ६–४, ६–२ र ६–२ को सेटमा पराजित गरे ।

यसैगरी साविक विजेता नदालले जर्मनीका यानिक हान्फमानलाई ६–२, ६–१ र ६–३ को सेटमा पराजित गरे । फ्रेन्च ओपन टेनिसको महिलातर्फ बेलायतकी जोहाना कोन्टाले दोस्रो चरणमा स्थान बनाएकी छन् ।

उनले जर्मनीकी एन्टोनियो लोथरलाई ६–४ र ६–४ को सेटमा पराजित गरिन् । अर्की दावेदार सेरेना विलियम्स पनि दोस्रो चरणमा उक्लिईन् ।अमेरिकी खेलाडी सेरेनाले पहिलो चरणको खेलमा रुसकी भितालिया दियाचेन्कोलाई २–१ को सेटमा हराउँदै सेरेना दोस्रो चरणमा पुगिन् । भितालिया विरुद्धको खेल सेरेनाले २–६, ६–१ र ६–० को सेटमा जितिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ