पाँचथर, १४ जेठ ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा मंगलबार एक दिन शोक बिदा दिइएको छ ।
जेठ ६ गते भएको सामूहिक हत्याकाण्डमा मारिएका विद्यार्थीहरुको आत्माको चीर शान्तिको कामना गर्दै गाउँपालिकाभित्र शोक बिदा दिइएको हो ।
एकै बिद्यालयमा अध्यनरत चार जना बिद्यार्थीको हत्या भएपछि गाउँपालिकाभित्र रहेका शैक्षिक संस्थाहरुमा एक दिन शोक बिदा दिने गाउँ कार्यपालिकाले निर्णय गरेको हो ।
हत्याकाण्डमा मारिएका नौ जनामध्ये १२ बर्षीया युहाना शेर्मा, १० बर्षीया मुना शेर्मा, ८ बर्षीया इक्सा शेर्मा र १० बर्षीया आशिका खजुम स्थानीय आरुबोटे माध्यमिक बिद्यालयमा अध्ययनरत थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline