नेपाल बन्दका कारण पुर्बी क्षेत्रको जनजीवन ठप्प,  चन्द्रनिगाहपुर र झापाका बिभिन्न स्थानमा बम फेला 

नेपाल बन्दका कारण पुर्बी क्षेत्रको जनजीवन ठप्प,  चन्द्रनिगाहपुर र झापाका बिभिन्न स्थानमा बम फेला 

  • सोमवार, जेष्ठ १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौ, १३ जेठ । नेपाल कम्युनिस्ट पार्टीले आफना कार्यकर्ता मारिएको बिरोधमा गरेको नेपाल बन्दको कारण पुर्बी क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । नेपाल बन्दका कारण रौतहटको चन्द्रनिगाहपुर बजार पूरै ठप्प भएको छ ।

महेन्द्र राजमार्ग अन्र्तरगत चन्द्रनिगाहपुरको मेनचोकमा राखिएको बमले चन्द्रनिगाहपुर ठप्प भएको हो । सो बम इन्द्र बक्स गण चन्द्रनिगाहपुरको टोलीले करिब ९ बजे डिष्पोज गरेको थियो । प्रेसर कुकरमा राखिएको उक्त समान बम हो या होइन परिक्षणबाट मात्रै थाहा हुने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । बरामद सामान सेनाले परिक्षणका लागि लगेको छ ।
यता महेन्द्र राजमार्ग बन्द भएपछि करिब २ घण्टा राजमार्ग अवरुद्ध भएको थियो । अहिले चन्द्रनिगाहपुर बजार क्षेत्र पूरै बन्द रहेको छ । बन्दले रौतहटका सरकारी तथा निजी बिद्यालयहरु बन्द रहेका छन् । छोटाे दुरीका सवारी साधन चलेका छन् भने लामाे दुरीका सवारी साधनहरु प्रहरीको स्कर्टिङमा मात्र चलाइएको छ ।


यसैगरी, झापाका विभिन्न स्थानहरुमा बम भेटिएका छन । गौरादहमा बम भेटिएको छ । त्यस्तै दमक रतुवा पुल नजिकै अर्को कुकर बम भेटिएको छ । झापामा वन्दको प्रभावको कारण अधिकांस उध्योग, पसल, शिक्षण संस्था, यातायात हरु ठप्प छन ।

यसैबीचविदुर नगरपालिका ५ कार्यालय नजिकै बम विस्फोट भएको छ । विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।नेपाल कम्युनिस्ट पार्टीले आजआह्वान गरेको बन्दको समयमा धादिङको नौबिसे र माहादेवबेसीमा बम फेलापरेको समाचार प्राप्त भएको छ । बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ