इच्छुक स्मृति दिवस: पाँच पत्रकार संगठन र साँस्कृतिककर्मिद्धारा संयुक्त प्रभातफेरी

इच्छुक स्मृति दिवस: पाँच पत्रकार संगठन र साँस्कृतिककर्मिद्धारा संयुक्त प्रभातफेरी

  • सोमवार, जेष्ठ १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 18K
    SHARES

काठमाडौं, १३ जेठ ।

पत्रकार तथा कवि कृष्ण सेन ‘इच्छुक’ को १७ औं स्मृति दिवसको अवसरमा आज काठमाडौंमा पत्रकार र साँस्कृतिककर्मिहरुले संयुक्त प्रभातफेरी निकालेका छन् ।

विभिन्न राजनीतिक दलहरुसँग सम्बद्ध पाँच पत्रकार संगठन र जनसाँस्कृतिक महासंघको संयुक्त आयोजनामा शान्तिवाटीकाबाट निकालिएको प्रभातफेरी भृकुटिमण्डपको पुलिस क्लबमा पुगेर कोणसभामा परिण भएको थियो ।

कोणसभामा बोल्दै वक्ताहरुले कृष्ण सेनले देखाएको बाटोमा निरन्तर अगाडी बढ्नु र वर्गिय समाजको अभियानमा सघाउँनु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेमा जोड दिए ।

तत्कालिन राज्यले सेनलाई म्यासेन्जरको रुपमा प्रयोग गरेर अन्त्यमा हत्या गरेको भन्दै उनीहरुले चर्को विरोध गरे । उनीहरुले वर्तमान सरकार र व्यवस्था पनि जनसंघर्ष विरोधी हर्कत गर्दै फासिवाद उन्मुख रहेको जनाउँदै त्यसलाई रोक्न समेत चेतावनी दिएका थिए ।

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले सञ्चालन गरेको उक्त कार्यक्रममा जनसाँस्कृतिक महासंघका अध्यक्ष इश्वरचन्द्र भण्डारी, प्रगतिशिल पत्रकार संघका अध्यक्ष नारायण शर्मा, वरिष्ठ पत्रकार तथा क्रान्तिकारी पत्रकार महासंघका पूर्व अध्यक्ष कुमार शाह, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल वराईली लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघ, विप्लव नेतृत्वको ने.क.पा. निकट जनपत्रकार संगठन नेपाल, नेकपा (मसाल) निकट प्रगतिशील पत्रकार संघ, समाजवादी पार्टी निकट नेपाल प्रेस सोसाइटी र मधेसी पत्रकार समाज तथा ने.क.पा. र नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघको संयुक्त आयोजनामा भएको हो ।

कार्यक्रममा पत्रकार, बुद्धिजिवी, समाजसेवी, राजनीतिक दलका नेता, कार्यकर्ता, साँस्कृतिककर्मि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न संघ, संसथा र पेशामा आवद्ध दर्जनौ मानिसहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै सेनको स्मृतिमा आज सत्ताँरुढ नेकपाले समेत पेरिसडाँडा स्थित कार्यालयमा कार्यक्रम गरेको छ । आज जनसाँस्कृतिक महासंघले घटेटेकुलो स्थित इच्ुक साँस्कृतिक प्रतिष्ठानको हलमा इच्छुक स्मृति तथा साँस्कृतिक बलिदान दिवश विशेष कार्यक्रम गर्न लागेको हो ।

उक्त कार्यक्रममा इच्छुकको स्मृति तथा योगदानको चर्चा गर्नुका साथै जनपक्षिय लेख, रचना, कृति लेखेर योगदान गर्नेहरुलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम समेत रहेको आयोजकले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी