विराटनगर र सुन्दर हरैँचामा शंकास्पद वस्तु फेला, तनहुँमा भेटिएको बम सेनाद्धारा डिस्पोज

विराटनगर र सुन्दर हरैँचामा शंकास्पद वस्तु फेला, तनहुँमा भेटिएको बम सेनाद्धारा डिस्पोज

  • सोमवार, जेष्ठ १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

विराटनगर, १३ जेठ ।
मोरङको सुन्दरहरैंचा ७  ढडियास्थित तारले बेरिएको अवस्थामा प्रेसर कुकर फेला परेको छ । पूर्व पश्चिम राजमार्ग छेउको बिजुलीको खम्बा नजिकै सो शंकास्पद वस्तु फेला परेको हो ।
उक्त स्थानलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् । सेनाको डिस्पोजल टोली अध्ययनका लागि त्यसतर्फ परिचालन भएको मोरङ प्रशासनले जनाएको छ ।
रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा फेला परेकाले भित्र विस्फोटक पदार्थ राखिएको हुन सक्ने प्रहरीको अनुमान गरिएको छ ।
यसैगरी प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका प्रवेश गर्ने ढाट चोकमा पनि शंकास्पद वस्तु भेटिएको छ । सुरक्षाकर्मीले विस्फोटक वस्तु भेटिएको स्थानलाई घेरा हालेका छन् ।
उता तनहुँको पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर १ नाहला र व्यास नगरपालिकको मुसीखोला भन्ने स्थानमा पनि शंकास्पद वस्तु फेला परेको हो ।
नाहलामा राखिएको शंकास्पद वस्तु भने नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरी उपरीक्षक विनोद सिलवालले बताउनुभयो । नेपाली सेनाको टोलीले मुसीखोलामा राखिएको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ