काठमाडौं, जेठ ११ ।
कान्तिपुर हाफम्याराथनको नवौं संस्करण सुरु भएको छ ।थापाथलीस्थितकान्तिपुर पब्लिकेशन्स हाताबाट आजबिहान७ बजे दौडको उद्घाटन राष्ट्रिय क्रिकेट टोलीकाकप्तानपारस खडकाले गरे ।
एन्टी पोलुसन रनको नारा दिइएको यस संस्करणमा करीब ३ हजार ५ सयले सहभागिताजनाएका छन् । यो अहिलेसम्मकै सर्वाधिक सहभागिताहो । बैशाख २२ देखि जेठ ९ सम्मको नामदर्ता समयमाहाफम्याराथनमहिला र पुरुष, ५ किलोमिटर कर्पोरेट दौड र हिृवलचियर दौड गरी ३ विधामा ३ हजार ४ सय ७५ जनाले सहभागिताकालागिनामदर्ता गराएका छन् । हाफम्याराथनमामात्र १ हजार २ सय ७० जनाको सहभागिताछ ।
हाफम्याराथन थापाथलीबाट सुरु भई माइतीघर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वर, कौशलटार, थिमि, सल्लाघारी चोकबाट फर्किएर सोही रुट थापाथलीआएर सम्पन्नहुनेछ । ५ किलोमिटरको कर्पोरेट दौड थापाथलीबाट सुरु भई माइतीघर, नयाँबानेश्वर, सिभिल अस्पताल अगाडिबाट फर्किएर सोही रुट थापाथली आएपछि सकिनेछ । हिृवलचियर दौडभने थापाथलीबाट माइतीघर मण्डला परिक्रमा गरी पुनःथापाथली आएपछि सम्पन्नहुनेछ ।
हाफम्याराथनको महिला र पुरुषदुवैकाविजेताले १–१ थान हिरो डुएट स्कूटर र ५०–५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । दुवै विधामा दोस्रोदेखि छैटौं सम्मकाविजेताले क्रमशः ३० हजार, २० हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।