जेठ २३ मा रातो मच्छिन्द्रनाथको रथ तान्ने

जेठ २३ मा रातो मच्छिन्द्रनाथको रथ तान्ने

  • शनिबार, जेष्ठ ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

ललितपुर, जेठ ११ गते ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ ठटीबाट जावलाखेलतर्फ लगिने दिनको साइत जेठ २३ गते जुरेको छ । यहीदिन रथ जावलाखेलमाआउन सक्यो भने भोटो देखाउने साइत जेठ २६ गते पर्नेछ ।
गुठी संस्थान पाटन शाखाप्रमुख शैलेन्द्र पौडेलकाअनुसार, २३ गते साँझजावलाखेलमा रथ पु¥याउने गरी नै यहाँपूर्व तयारी भएको छ । रथ जावलाखेलआएको चौथो दिनमाभोटो देखाउने प्रचलन छ । यसकालागि रथको अवस्थाअवलोकनसमेत गरिएको छ ।
रथलाई ठटीबाट जावलाखेलमाल्याउने विषयमाज्यापू समाजबीचविमर्श भइरहेको जावलाखेल जात्राव्यवस्थापन समितिकाअध्यक्षबालकृष्ण महर्जनले जानकारी दिनुभएको छ ।
भोटो प्रदर्शनपछि मच्छिन्द्रनाथलाई तामदानीमा राखेर बुङ्गमतीमा लैजाने विषयमापनि परामर्श भएको छ । नाथभोटो जात्रा सक्याएर बुङ्मतीलाग्नु भए पछि बुङ्मतीमै ६ महिना रहनुहुनेछ । ६ महिनाअघिनाथलाई बुङ्मतीबाट पाटन तःबहालल्याइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ