११ जेष्ठ, काठमाडौं । पहिरो पिडित परिवारले चार बर्षपछि राहत पाएका छन् । २०७२ जेठ २७ गते राती गएको पहिरोमा परि मृत्यू भएका परिवारले चारवर्षपछि बल्ल राहत पाएका हुन । मिक्लाखोला गाउँपालिका १, २ र ३ नम्बर वडा, खोक्लिङ, लिवाङ र मेरिङदेनको सान्थाक्रा, लिङतेप लगायतका साविक गाविसका मृतक ५९ जनाका आफन्तले प्रति मृतक १ लाखकादरले राहत पाएका छन् ।
राहत रकम पाउनका लागि ४ वर्ष पर्खनु परेका उनिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाइ पटक÷पटक ज्ञापनपत्र बुझाएका थिए । पछिल्लो पटक सांसद योगेश भट्टराइलाई ज्ञापनपत्र दिएका थिए । राहत उपलब्ध गराउन आफुले पहल गरेको प्रतिनिधिसभा सांसद भट्टराइले दावी गरेका छन ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित राहत वितरण कार्यक्रममा चेक हस्तान्तरणपछि भट्टराइले गाउँ भ्रमणको क्रममा खोक्लिङमा आफुलाइ पहिरो पीडितले राहतकालागि ज्ञापन पत्र बुझाएको र गृहमन्त्रालयमा गएर बुुझ्दा राहत नआएको पाइएपछि आफुले पहल गरेको वताए । राहत रकम यत्तिका वर्ष किन रोकिएको रहेछ भने खुलाएनन् । प्राविधिक कारणले नआएको पाइएको भट्टराइले बताए ।
पहिरोमा परि मृत्यू भएका मध्ये ३२ जनाको शव भेटिएको थियो । बाँकी २७ जनाको शव भेटिएन । तर गाउसमाजको बयान र बेपत्ता भएकाहरु पहिरोमै पुरिएको निस्कर्षपछि राज्यले बेपत्ताका परिवारलाइपनि मृत्यू भएको मान्दै मृतक सहरनै राहतदिने घोषणा गरेको थीयो । त्यही अनुसार स्थानिय प्रशासनले सबैलाइ ४० हजारकादरले किरिया खर्च उपलब्ध गराएको थियो । चामल, नुन, दाल, तेल लगायतका तत्कालिन राहतपनि त्यही अनुसार बितरण गरियो ।
यत्तिका वर्षपछि भएपनि राहत दिएकोमा फुलमाया लिम्वूले सरकारलाइ धन्यवाद दिइन । पहिल्यै पाउनु पर्ने थियो, हामि त अव नदिने रहेछ भनेर थाकि सकेका थियौं,’ उनले भनिन, तैपनि पाइयो खुसि लागेको छ ।’ राहत लिनकालागि मृतकका आफन्त सदरमुकाम फुङलिङ आएका थिए । उनिहरुले आफुहरु अहिलेपनि त्रासमै बसिरहेको र पहिरोको जोखिम कम नभएको बताएका छन । उनिहरुले भुकम्प पीडितसरह राहत दिनुपर्ने माग पुन दोहोर्याएका छन । भट्टराइले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलिसग कुरा भएको र चाडै यस विषयमा निर्णय हुने दावी गरे ।
पहिरो पीडितलाइभने २ वर्षअघि ताप्लेजुङको सुकेटारमा भएको कञ्चनजंघा हिरक महोत्सव उद्धघाटनकालागि आएका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिशेष ब्यवस्थ ागर्ने वताएका थिए । मंसिर २७ गत खोक्लिङ, लिवाङ, लिङतेप, सान्थाक्रा, थीङलावु गाविसको नामै लिएर उनले सरकार पीडितको साथमा रहेको दोहोर्याएका थिए । त्यसपछि केपीशर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषण मार्फत ताप्लेजुङका पहिरो पीडितका लागि बिशेष ब्यवस्था’ गरिने उल्लेख गरेका थिए ।
पाथीभरा दर्शनका लागि आएका ओली स्वयंले पनि सुकेटार बिमानस्थलमा सञ्चारकर्मी सँग यहीँ शब्द दोहोर्याए । तर अरु बिस्थापित परिवारले अझैसम्म केहिपनि पाएका छैनन । बिस्थापितहरु खोक्लिङको डाँडागाउँ, ताप्लेजुङ नगरपालिकाको तीनबरे, दोखुको बाहानन्दे लगायतका स्थानमा अर्काको जग्गा अधिंया कमाएर बसेका छन् ।
२०७२ साल जेठ २७ गते रातीको पहिरोमा परि आफन्त गुमाएका जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा प्रतिनिधिसभा सदस्य योगेश भट्टराइसँग राहत वापतको १ लाख रुपैंया बुझ्दै । पहिरो गएको ४ वर्षपछि बल्ल राहत पाएका हुन ।