बोर्डिङ छाडेर सामुदायीक बिद्यनलयमा भर्नाः एउटै कक्षामा नौ सेक्सन

बोर्डिङ छाडेर सामुदायीक बिद्यनलयमा भर्नाः एउटै कक्षामा नौ सेक्सन

  • शनिबार, जेष्ठ ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

दमौली, ११ जेठ ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरि विद्यार्थी भर्ना अभियान चलिरहेको छ । कतिपय सरकारी विद्यालय विद्यार्थी कम भएर बन्द हुने अवस्थामा पुगेको वेला दमौलीस्थित सत्यवती माविमा भने विद्यार्थीको चाप थेगिनसक्नु छ । विद्यार्थी धेरै भएपछि प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्ने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारीले बताए ।

‘विद्यालयले थेग्नै नसक्ने गरी विद्यार्थी आएपछि भर्ना अघि प्रवेश परीक्षा लिन थालेका छौँ,’ अधिकारीले भने, ‘बोर्डिङ स्कुलबाट समेत विद्यार्थी यतै आएपछि विद्यालयले धान्न नसक्ने अवस्था सिर्जना भयो । बालबालिका र अभिभावकको चित्त बुझाउन प्रवेश परीक्षा सञ्चालन गरेका हौँ ।’

विद्यालयमा हाल दुई हजार चार सय ६८ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कार्यरत सबैजसो शिक्षकले आफ्ना छोराछोरीलाई पनि सत्यवतीमै पढाएका छन् । यहाँ कार्यरत शिक्षकका छोराछोरी मात्र दुई सय १३ जना छन् । विद्यालयमा हाल ९९ शिक्षक कार्यरत छन् ।

कक्षा १० मा  नौ सेक्सन
विद्यार्थी धेरै भएपछि कक्षामा सेक्सनसमेत थप गरिएको छ । कक्षा १० मा मात्रै नौवटा सेक्सन छुट्याइएको छ । अन्य कक्षामा पनि विद्यार्थीको चाप बढेपछि छुट्टाछुट्टै सेक्सनको व्यवस्था गरिएको प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले बताए । उत्कृष्ट नतिजा, शैक्षिक वातावरण, कुशल प्रशासनको कारण अभिभावक र विद्यार्थीको आकर्षण बढेको पौडेलले बताए ।-नयाँपत्रिका दैनीकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी